स्मार्टफोनमा यस्तो नगरेकै बेस

स्मार्टफोनमा यस्तो नगरेकै बेस

smart phone

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन ।

१) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने
ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा ल्यापटपमा रिफ्रेस क्लिक गरिरहेजस्तो ब्याकग्राउन्ड एपहरू बन्द गर्ने धेरैको बानी हुन्छ । ब्याकग्राउन्डमा चलिरहेका एपहरूले ¥याम चलाइरहेको त हुन्छ, ब्याकग्राउन्ड एप बन्द गर्दैमा त्यो समाप्त हुने होइन । ब्याकग्राउन्ड एपले समस्या ल्याउने भएको भए एप्पल र गुगलले त्यसको समाधानका उपाय ल्याइसक्थे ।

हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन ।

२) ब्याट्रीको अवधि बढाउन अँध्यारो थिम प्रयोग गर्ने
ओएलइडी वा अमोएलइडी स्क्रिनमा मात्र यसले काम गर्छ, किनभने यसमा हरेक पिक्सेलले आफ्नो लाइट प्रयोग गर्छ र कालो पिक्सेल बल्दैन । तर, बजारमा बिक्री हुने ९० प्रतिशत स्मार्टफोनहरूमा एलसिडी स्क्रिन हुन्छ, जसमा पूरै स्क्रिनले ब्याकलाइट पाइरहेको हुन्छ । पूरै कालो रंगको डिस्प्ले प्रयोग गरे पनि उत्तिकै मात्रामा ब्याट्री प्रयोग भइरहेको हुन्छ ।

३. फोनलाई धेरै चार्ज हुने डरले रातको समयमा सकेटबाट हटाउने
यो पुरानो समयको कुरा थियो, जतिबेला ब्याट्रीको प्रविधि यति उन्नत भइसकेको थिएन । अहिले स्मार्टफोनको ब्याट्री निकै आधुनिक भइसकेको छ । ग्यालेक्सी नोट सेभेनको केही घटनाबाहेक स्मार्टफोनको ब्याट्रीमा खास समस्या छैन । लिथियमियन ब्याट्री चार्ज गर्दा तात्छन् । तर, यो सामान्य विज्ञान हो । मोबाइल फोन होस् वा ल्यापटप, जब ब्याट्री शत प्रतिशत चार्ज भएको छ र वाल सकेटमा जोडिएको छ भने ती साधनभित्र रहेको विद्युतीय सर्किटले ब्याट्रीलाई चार्ज हुनबाट रोक्छ ।

४) नयाँ फोनको ब्याट्रीलाई पूरै चार्ज गर्नुअघि चार्ज शून्यमा झार्ने
यसो गर्नु पनि जरुरी छैन । पहिलेका निकेल क्याड्रिमयम ब्याट्रीहरूलाई चार्ज गर्नुअघि पूरै खाली गर्नुपर्ने हुन्थ्यो । तर, अहिले स्मार्टफोनमा प्रयोग हुने लियन र लिपोलिमर ब्याट्रीमा यो समस्या छैन ।

५. स्मार्टफोनमा स्क्रिन प्रोटेक्टर राख्ने
स्क्रिन प्रोटक्ेटरहरूले फोनको स्क्रिनलाई भद्दा देखाउँछन् । त्यस्तै, फोन खसिहाल्यो भने स्क्रिन प्रोटेक्टरले शत प्रतिशत स्क्रिन जोगाउँछ भन्ने छैन । तपाईंको फोनमा पछिल्लो गोरिल्ला ग्लास स्क्रिन छ भने तपाईंले यसमा ती स्क्रिन प्रोटेक्टर राखेर ठूलै हानि गरिरहनुभएको छ ।

६) सधैँ फोन चार्ज गर्न फोनको ओरिजिनल चार्जर प्रयोग नगर्नुस्
प्राविधिक रूपमा यसो गर्नु राम्रो हो । तर, हरेकपल्ट फोन चार्ज गर्न ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन । तपाईंले फोनको चार्जर हराउनुभयो भने, के गर्ने ? ओरिजिनल चार्जर किन्नु निकै महँगो हुन सक्छ । तर, राम्रो गुणस्तरको भरपर्दो फोन चार्जर अहिले इ–कमर्स साइटहरूमा पाइन्छ । ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्ने भएको भए पावर ब्यांकहरू सायदै उत्पादन हुन्थे ।

७) फ्री वाइफाईमा विश्वास गर्न छोड्नुस्
कुनै कुरा निःशुल्क छ भन्दैमा सुरक्षित छ भन्न मिल्दैन । डाटा र इन्टनेटको शुल्क निकै सस्तो भइसकेको अहिलेको अवस्थामा जुन पायो त्यो निःशुल्क वाइफाईमा फोन कनेक्ट नगर्नुस् । तपाईंको नेटवर्क ट्राफिकमा कसले ह्याक गर्न खोजिरहेको छ भन्ने तपाईंलाई थाहा नभएको पनि हुन सक्छ । थोरै पैसा जोगाउन खोज्दा ठूलो समस्या निम्तिन सक्छ ।

एजेन्सीको सहयोगमा

स्रोतः नागरिकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀