पोखरा –नेकपा एमालेका दुई प्रभावशाली नेताहरु प्रदेश नम्बर ४ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
एमालेका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश सभा ख बाट २३ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका छन् ।
उनले प्रदेश सभाको निर्वाचमा भोट भाग्दै आफूलाई आफ्नो पार्टीले प्रदेश नं ४को मुख्यमन्त्रीको जिम्मेवारी दिने दाबी गरेका थिए । उनी अध्यक्ष केपी ओली निकट मानिन्छन् ।
यस्तै अर्का स्थायी समिति सदस्य किरण गुरुङ तनहुँ क्षेत्र नं २को प्रदेश सभा ख बाट १५ हजार ६ सय ३० मत ल्याएर विजयी भएका छन् । उनी पनि एमालेका प्रभावशाली नेतामा गनिन्छन् । उनले पनि आफूले जिते ४ नं प्रदेशको मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका थिए ।
उनी अहिले ४ नं प्रदेशको एमालेको इन्चार्ज पनि हुन् ।
४ नम्बरको प्रदेश सभामा एमालेले १४ स्थान जितेको छ । यसको जस लिने दाउमा किरण गुरुङ देखिन्छन् । उनी वामदेव गौतम नजिक मानिन्छन् । गौतमले संघकोलागि बर्दियाबाट पराजय भोग्नु परेको छ । आफू पनि नभएपछि गौतमले किरण गुरुङलाई प्रदेश नं ४को मुख्यमन्त्रीको लागि अगाडि सार्ने देखिन्छ ।
यसकारण प्रदेश नं ४मा मुख्यमन्त्रीको लागि एमालेभित्र नै हानथाप हुने देखिन्छ । माओवादीबाट भने अहिलेसम्म त्यस्तो बेभीवेट नेता यो प्रदेशमा छैनन् । त्यसकारण एमालेकै यी दुई नेता मध्य एउटाले प्रदेशको जिम्मेवारी सम्हाल्दा अर्कोले सहयोगी भूमिका खेल्नु कतिपयको भनाई छ ।
स्रोत : अनलाइन
भर्खरै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं