पोखरा, २३ मंसिर। कास्की निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदबार कृष्ण केसीले मतदाताप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
शनिवार विज्ञप्ति प्रकाशित गरी उनले ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले आफुप्रति प्रकट गरेको माया, ममता र स्नेहको सदैव सम्मानगर्ने उल्लेख गरेका छन्।
मलाई दिनु भएको मतको म उच्च सम्मान गर्छु कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेदबार केसीले भनेका – ‘जनताको सेवा गर्न सदैव अग्रसर रहने छु।’ उनले निर्वाचनको समयमा जनताको घरदैलोमा पुगेर गरेका बाचा पूरा गर्न प्रतिवद्व रहेको जनाएका छन्।
उनले निर्वाचनमा विजयी हुनेहरुलाई बधाई तथा शुभकामना व्यक्तगर्दै आफ्नो तर्फबाट सहयोग रहने प्रष्ट पारेका छन्।
विज्ञप्तिमा निर्वाचन सम्पन्न गर्नका लागि खट्ने निर्वाचन आयोग कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, पार्टीका नेता तथा कार्यकर्ता लगायत सवैप्रति आभार व्यक्त गरेका छन्।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं