मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?

मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?

Akshar-Yatra

हात थापुँला दिनुस् सक्ने जति दिनुहुन्छ
आश्वासन त नेताज्युले अति दिनुहुन्छ
बुढाबुढी, छोराबुहारी नातीनातिनाको
मेरै घरमा चालिस भोट छ,कति दिनुहुन्छ ?

कवि आनन्द भट्टराईले मुक्तकमार्फत निर्वाचनमा हुने भोट किनबेचप्रति यसरी ब्यंग्य गरे । शनिबार पोखरा बजार नजिकै हो सुकुम्बासी बस्ती पुगेका भट्टराईले गाउँलेसँग कुरा गरेर सधैं आश्वासन बाँड्ने तर, केही नगर्ने नेताहरुप्रति मात्र होइन, सुकुवाम्वासी बस्तीमा हुने भोट किनबेचप्रति पनि व्यग्य गरे ।

साहित्यमा रुचि राख्ने युवा शनिबार पोखरा-१७ मा रहेको सुकुम्बासीहरुको बस्ती प्रगति टोलमा पुगेर स्थलगत साहित्य सिर्जना गरेर तद्स्थानमै सुनाएका छन् ।

सन्दर्भ थियो, १ सय ४८ औं अक्षरयात्रा । ‘जीवन र जगतको पथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार तद्स्थानीय सिर्जना लेखन र वाचनको अभियान चलाउँदै आएको छ ।

प्रदेश तथा प्रतिनिधिसभाको चुनावले बजारको पारो तातिरहेका बेला पोखरा-१७ को सुकुम्बासी बस्ती प्रगतिटोल भने सुनसान जस्तै थियो । वस्तीका अधिकांश तन्नेरीहरु खोलाको बगरमा बालुवा चाल्न त केही ज्यामी मजदुरी गर्न गइसकेका थिए ।

वस्तीमै रहेका केही तन्नेरी र अधिकांश बुढाबुढी तथा महिलाहरुसँग अक्षरयात्री कुराकानी गरेर साहित्य सिर्जना गरेका थिए । अक्षरयात्रीले सिर्जनामा चुनावमा आश्वासनमात्र बाँड्ने तर चुनाव सकिएपछि गाउँ नर्फकने सुकुम्बासीको गुनासोलाई कवितामा उतारे । सुकुम्बासी परिवारले भोग्नुपरेको पीडा कविताले शब्दमार्फत ओकले ।

खोला किनारको एक भित्ता जमिनमा
बनाएका छौं, ससाना झुपडीहरु
बाढी आउँछ तर्साइ जान्छ, मध्यरातमा हामिलाई
झरी पर्छ, तर्साउँछ हाम्रो दैनिकी
र कहिलेकाहीँ आउजाउ गर्छ सरकार, यही बाटोमा ।
झनै तर्सिन्छौं त्यसबखत

कवि विकास रोका मगरले सनाएको कवितांश हो, यो । उनले कवितामार्फत सरकारले चुनावताका सुकुम्बासी बस्ती छिरेर लालपूर्जा दिन्छु भन्ने तर चुनाव सकिएपछि बस्ती हटाउने खबरहरुले तर्साइरहने व्यथा पोखे । दैवी प्रकोपदेखि यो देशको राज्य व्यवस्थाले पटकपटक आफूहरुलाई तर्साइरहने सुकुम्बासी वस्तीका नागरिकले गुनासो गरेका थिए । कवि लक्ष्मण थापाले कवितामार्फत यसरी बोले ।

आउनुहोस्, हामीलाई जुलुसमा लैजानुस्
हामीलाई भाषण पिलाउनुहोस्
हामी जुलुस भर्ने चीज हौं
हामी भाषण सुन्ने वस्तु हौं
गर्नुहोस्
चुनावमा खुब प्रयोग गर्नुहोस्
र भूलिदिनुहोस्
चुनावपछि हामी भूलिदिने कुरा हौं

डेढ दशकदेखि पोखराबाट चल्दै आएको अक्षरयात्रा साहित्यिक अभियानले विभिन्न ठाउँसम्म अक्षरयात्रीलाई पुर्‍याएर त्यहाँका समस्या र सम्भावनालाई सिर्जनामार्फत बाहिर ल्याउन काम गर्दै आएको छ । ‘जीवन र जगतलाई साहित्यसँग जोड्न हामीले अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएका हौं,’ सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘विभिन्न गाउँठाउँका समस्या र स्म्भावना उजागर गर्न विकट गाउँ र वस्तीदेखि सम्भावना बोकेका ताल, नदी, मन्दिर, घाटसम्म पुगेका छौं ।’

निर्वाचनमा सुकुम्बासी वस्तीमा नेताहरुले कसरी आश्वासन बाँडेका छन्, त्यहाँका समस्याहरु केके रहेछन्, उनीहरुमा माग के रहेछन् भन्ने कुरा सिर्जनामा उतार्न यसपटकको अक्षरयात्रा सुकुम्बासी वस्तीमा राखिएको नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले बताए ।

कार्यक्रममा एक दर्जनभन्दा बढी साहित्यकारले रचना सुनाएका थिए ।

स्रोत ः अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
14 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 14 Sep 2025 00:30 UTC
Latest change: 13 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.25
Indian Rupee 
Indian Rupee
88.24
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
147.75
US Dollar 
US Dollar
1
14 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 14 Sep 2025 00:30 UTC
Latest change: 13 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀