पोखरा, २ मंसिर। वैदेशिक रोजगारबाट फर्केका चार जना युवाको समूहले गार्मेन्ट उद्योग संचालन गरेका छन्।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङका केशव शर्मा सापकोटा, उदयपुर बसाही नगरपालिका वडा नं ८ का राजकुमार मगर, काठमाण्डौ महानगरपालिका वडा नं १३ का निराजन कार्की र चितवन भरतपूरका राजु ज्ञवालीले उद्योग संचालन गरेका हुन्।
उनीहरुले चन्द्रगिरी नगरपालिका वडा नं ६ थानकोटमा लुक गुड निटवेयर नामक गार्मेन्ट उद्योग संचालनमा ल्याएका छन्।
विभिन्न स्थानमा ती युवाको भेट साउदी अरवमा भएको थियो। सवैजसोले झण्डै १० वर्ष साउदी अरबको ल्याण्डमार्क गु्रुप(म्याक्स फेशन)मा काम गर्ने क्रममा भेट भएको हो।
साउदी अरबमा भएको भेटको यात्रा उद्योगसम्म आइपुगेका छ उनीहरुले भने – ‘स्वेदशमै केहि गर्नुपर्छ भनेर फर्केका हौ।’
उनीहरुले मासिक एकदेखि डेढलाखसम्म आम्दानी गर्दथे। एक वटा विक्री कक्ष सहित उद्योग संचालनका लागि झण्डै ७० लाख लगानी भैसकेको छ।
काठमाण्डौमा दुई र चितवन, हेटौडा, इटहरि र पोखरामा एक÷एक विक्री कक्ष संचालनगर्दामा उद्योगको लगानी डेढ करोड पुग्ने अनुमान। उद्योगबाट १० जनाले रोजगारी समेत पाएका छन्। उद्योगका लागि आवश्यक कच्चा पदार्थ केहि नेपालकै र केहि चाइना, इन्डिया र कोरियाको प्रयोग गरिने बताइएको छ।
उद्योगबाट टिसर्ट, जकेट, पेण्ट र सर्ट लगायतका लत्ताकपडा उत्पादन हुन शुरु गरिसकेको छ। उत्पादित लत्ताकपडा विक्री गर्नका लागि पहिलो पटक पोखराको लेकसाइडमा विक्री कक्ष राखिएको छ।
लगानीकर्ता केशव शर्माले मेहनत गरेर मुलुकमा नै कमाउन सकिने बताए। सकभर विदेश नजानुस् उनले भने – ‘जानै परे सिप र अनुभव लिएर मुलकमै फर्कनुस।’
उद्योग संचालनमा जुटेका युवाहरुले जस्तोसुकै संघर्ष गरेर पनि उद्योग सफल बनाउने अठोट व्यक्त गरे। अब जे गर्छाै मुलुकभित्रै गर्छु अर्का लगानीकर्ता निराजन कार्कीले भने – ‘अमेरिकाको भिसा आएपनि जान्न।’
Notifications
भर्खरै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं