‘ट्यालेन्टहन्ट’ मार्फत क्रिकेट खेलाडी खोजी

‘ट्यालेन्टहन्ट’ मार्फत क्रिकेट खेलाडी खोजी

Cricket main photo

पोखरा, २ मंसिर । पोखरामा ट्यालेन्टहन्टमार्फत क्रिकेट खेलाडी खोजी अभियान थालिएको छ ।

उक्त अभियान अन्तर्गत शनिवार दिनभरजसो खेलाडीहरुले पोखरा रंगशालाको मैदानमा व्याटिङ्ग, बलिङ्ग र विकेट किपिङ्ग गरेर आफ्नो प्रतिभा देखाए।

त्यसमा कास्की लगाएत अन्य जिल्लाबाट १ सय जना खेलाडीको सहभागिता थियो ।सहभागिमध्ये सात जना बन्द प्रशिक्षणका लागि छनोटमा परेको पोखरा राइनोज टिमका व्यवस्थापक सुदिन मानन्धरले जानकारी दिए। उनका अनुसार, मेख वहादुर सेन, प्रकाश खनाल, विजयन विष्ट, दिपक गुरुङ्ग, कुशल मल्ल, सुमन गुरुङ्ग र देव शाह छन्। सोहिल कुवंर र सृष्टि लौडारीले विशेष प्रवेश पाएका छन् भने किरण पौडेल र विश्वास पराजुलीलाई अतिरिक्तमा राखिएको छ।

ति मध्ये बन्द प्रशिक्षणबाट एक जनालाई टिममा मौका दिइने मानन्धरले बताए । नेपालको सवैभन्दा ठूलो मानिएको क्रिकेटको महाकुम्भ खेल एभरेष्ट प्रिमियर लिग इपिएल पुष ४ देखि १६ गतेसम्म काठमाडौमा हुँदैछ। प्रतियोगितामा सहभागिताका लागि क्रिकेट खेलाडीमा लुकेको प्रतिभा बाहिर ल्याउन तथा पोखराको टिमबाट सहभागि गराउन अभियान गरिएको पोखरा राइनोज टिमका खेलाडी शक्ति गौचनले जानकारी दिए।

राष्ट्रिय खेलाडी गौचनका अनुसार, छनौटमा परेका सात जनालाई करिब १५ दिनको प्रशिक्षण शिविरमा राखिने छ र त्यसमध्येबाट एक जनालाई टिमबाट खेल्ने मौका प्रदान गरिने छ । १५ जनाको टिम सदस्यमा एकजना स्थानिय नयाँ अनुहारलाई मौका दिन खोजिएको गौचनको भनाइ छ।

नेपालको खेल जगतमा यो राम्रो अभ्यासको थालनी भएको बताउँदै गौचनले स्थानीयस्तरको क्रिकेट जग बलियो बनाउन इपिएल महत्वपुर्ण हुने बताए ।

काठमाडौमा आयोजना हुने इपिएलमा देशका ६ ठूला शहर पोखरा, काठमाण्डौं, विराटनगर, भैरहवा, वीरगंज र ललितपूर गरि ६ टिमको सहभागिता रहने छ।

प्रत्येक टिममा राष्ट्रियस्तरका १५ जना खेलाडीको सहभागिता रहनेछ भने अन्य देशका खेलाडीहरु पनि यि टिममा सहभागिता जनाउने छन । निजी क्षेत्रले सुरु गरेको क्रिकेट एपिएलमा जित्ने टिमले २१ लाख रुपैयाँ नगद पुरस्कार पाउँने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

अमेरिका अपडेट

Loading...
21 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Jul 2025 00:40 UTC
Latest change: 20 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.84
Indian Rupee 
Indian Rupee
86.11
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
148.86
US Dollar 
US Dollar
1
21 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Jul 2025 00:40 UTC
Latest change: 20 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀