के तपाईं जागिरको खोजिमा हुनुहुन्छ ? कि जागिर नपाएर भौतारिरहनु भएको छ ? यदी जागिर नपाएर भौतारिरहनु भएको छ वा तपाईं जागिरको खोजिमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंलाई पोखराको हाम्रो जब नेपाल डटकमले रोजगार खोज्न सघाउने भएको छ । त्यो पनि निःशुल्क रुपमा ।
पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपालका जुनसुकै ठाउँमा जागिर खोजि दिने हाम्रो जब नेपाल डटकमका प्रोपाइटर पूर्ण श्रेष्ठले जानकारी दिए । सन्ध्या कन्सल्टेन्सीका नाममा २०७० सालबाट सञ्चालित यस संस्थाले डिजिटलाइजेसन गर्दै वेबसाइटमार्फत सेवा दिन थालेको हो । यसअघी भने सन्ध्या कन्सल्टेन्सीमार्फत पोखरालाई कार्यथलो बनाएर काम गर्दै आएको थियो ।
जागिर दिने हाम्रो जबनेपाल डटकमका प्रोपाइटर श्रेष्ठ स्वयम् विदेशबाट फर्केका युवा हुन् । स्वदेशमा शिक्षा दीक्षा लिएर पनि रोजगार नपाउँदा विदेश पुगेकाले त्यहाँ पाएको दुःख र श्रम शोषण देखेर आफूले नेपालमै रोजगार दिलाउने उद्धेश्यले संस्था खोलेको उनले बताए ।
विहीबारदेखी देश तथा विदेश जुनसुकै ठाउँबाट जागिरका लागि फारम भर्न सकिने ब्यबस्था गरिएको प्रोपाइटर श्रेष्ठले बताए । जागिर दिने र खोज्ने दुबै पक्षलाई समेटेर संस्थाको सेवा बिस्तार गरेको उनको भनाई छ ।
यसका लागि शुरुमा जागिर खोज्ने वा जागिर दिने दुबैले संस्थाको www.hamrojobnepal.com लग इन गरेर त्यहाँ भएको फारममा विवरण भर्न सकिन्छ भने [email protected] मा मेल गरेर पनि फर्म भर्न सकिन्छ । फर्म निःशुल्क भर्न सकिने संस्थाले जनाएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं