कास्कीमा पाँच जनाले उम्मेदवारी फिर्ता लिए, बागी उठेका पालिखेले लिएनन्

कास्कीमा पाँच जनाले उम्मेदवारी फिर्ता लिए, बागी उठेका पालिखेले लिएनन्

name list

पोखरा, १९ कात्तिक / कास्कीमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ३ गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तर, कास्की क्षेत्र नम्वर​ २ ‘ख’मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नरेश शंकर पालिखेको भने उम्मेदवारी फिर्ता भ​एको छैन ।

निर्वाचन आयोगले तोकेको शनिबार​​ दिउँसो १ बजेसम्ममा नेपाली कांग्रेसका ३ जना बागी उम्मेद्वारले उम्मेद्वारी फिर्ता गरेका छन् । निर्वाचन कार्यालय कास्कीका अनुसार कास्की क्षेत्र नम्बर १ का कांग्रेसका बागी उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की, कास्की १ को प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्वार राम बहादुर केसी र असीम बक्स मियाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उनीहरुको बागी उम्मेद्वारी फिर्ता भएसँगै कांग्रेसका आधिकारिक उम्मेद्वारलाई थोरै भएपनि राहत मिलेको छ । उम्मेद्वारी फिर्ता लिएकाहरुले कांग्रेसका आधिकारिक उम्मेद्वारहरुलाई आफूहरुको समर्थन रहेको जनाएका छन् ।

त्यस्तै, कास्की क्षेत्र नम्बर १ को प्रतिनीधि सभा सदस्यका उम्मेद्वार एकीकृत राप्रपा राष्ट्रवादीका सञ्जय कार्की र कास्की १ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार नारायण गुरुङले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । यसअघी कास्की १ को प्रदेश नम्बर १ का बाम गठबन्धनका बागी उम्मेद्वार टिकाराम पंगेनीको भने उम्मेद्वारी रद्ध भइसकेको छ । पंगेनी बिरुद्ध सरकारी सेवामा कार्यरत रहेको प्रमाण सहित उजुरी परेपछि उनको उम्मेद्वारी रद्ध भएको हो ।

यसैबीच, निकै चासोको रुपमा हेरिएको कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) बाट वागी उम्मेदवार बनेका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी नरेशशंकर पालिखेले चाहीँ उम्मेदवारी फिर्ता लिएनन् । अन्तिम समयसम्म पनि उनको उम्मेदवारी झिक्न पार्टीका शीर्ष नेतृत्व लागि परेको थियो । तर उनी आफ्नो अडानबाट पछि हटेनन् । ‘मैले फिर्ता लिनका लागि उम्मेदवारी दिएकै हैन । कसैले भनेर फिर्ता लिन पनि मिल्दैन, उनले भने–नेतृत्वको निर्णय चित्त नबुझेर उम्मेदवारी दिएको हुँ । अव चुनाव जित्नेतिर लागिरहेको छु ।’काँग्रेसका विभिन्न पदमा रहेर दुई दशक काम गरिसकेका उनलाई पार्टीले कस्तो कदम चाल्छ केहि खुलेको छैन । उनले बालक बालक चुनाव चिन्हपाएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधीसभा सदस्य कास्की ३ का उम्मेदवार दुर्गादत्त तिमिल्सिीना र क्षेत्र नम्बर २ का निर्मल खत्रीको उम्मेदवारी पनि कायम छ । कास्कीमा अव ९५ जना मात्रै उम्मेदवार चुनावी मैदानमा छन् । वाम गठबन्धन विरुद्ध वागी उम्मेदवार बनेका एमाले नेता टिकाराम पगेनीको भने निर्वाचन अधिकृतको कार्यालयले नै अयोग्य ठहर गरि उम्मेदवारी रद्द गरिदिएको थियो ।

हाल प्रतिनिधीसभा अन्तर्गत कास्की १ मा ११ जना, २ मा १३ जना र ३ मा ११ जना उम्मेदवार बाँकी छन् । प्रदेशसभा अन्तर्गत १ (क) मा १२, (ख) मा १०, २ (क) मा ९, (ख) मा १०, ३ (क) मा १० र (ख) मा ९ जना उम्मेदवार छन् ।

यसैबीच, कास्कीमा बागी उम्मेदवारको सामना गर्नुपरेका एकमात्र उम्मेदवार बिन्दुकुमार थापाले आफनो क्षेत्र नं. २ प्रदेश ख तर्फ चुनावी अभियान अगाडि बढाएका छन् ।

पालिखे सबैभन्दा सानो उमेरमा (२८ बर्ष) पोखराका उपमेयर भएका ब्यक्ति हुन् भने सानै उमेरमा काँग्रेसले मेयरको टिकट समेत दिएको थियो । पोखरा नगरका नगरसभापतिमा सचिव हुँदै २ पटकसम्म सभापति र पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष समेत भैसकेका छन् ।

४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा चुनाव लडेर पराजीत भएका उनी काँग्रेस कास्कीको जिल्ला कोषाध्यक्ष र सचिव समेत भैसकेका थिए । त्यसपछि लगातार २ पटक महासमिति सदस्य भएका पालिखे हाल पार्टीको महाधिबेशन प्रतिनिधी छन् । उनी २०४६ सालमा एमविए तर्फ नेपाल टप भएर गोल्ड मेडल समेत जितेका थिए । पालिखेलाई पार्टिले सम्पत्तिको रुपमा लिनुपर्ने भन्दै केही नेता तथा कार्यकर्ताले उम्मेदवारी सही भएपनि पार्टीभित्रै अन्तरसंघर्ष गर्न सुझाए । ‘वहाँ काँग्रेसको सम्पत्ति हो । चित्त नबुझे पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्छ, पार्टीका एक नेताले भने–यस्तो बिषम परिस्थीतीमा वागी उम्मेदवार बन्दा पार्टीलाई त घाटा हुन्छ नै । वहाँ स्वयंलाई पनि फाईदा हुँदैन ।’ तर उनले फिर्ता लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀