बाम विद्यार्थीको जिताऔं अभियान सुरु, १२१२ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण

बाम विद्यार्थीको जिताऔं अभियान सुरु, १२१२ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण

pic. 1 (1)

गण्डक न्युज पोखरा, १९ कार्तिक / बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी घटक अनेरास्ववियु र अखिल (क्रान्तिकारी ) कास्कीले अभियान सुरु गरेको छ ।

दुई विद्यार्थी संगठनले संयुक्त बिस्तारित बैठक बसेर निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । पृथ्वीनारायण क्याम्पसमा नेकपा एमाले केन्द्रिय सदस्य एवं कास्की क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले १२ सय १२ सदस्यीय कमिटि निर्माण गरेको अनेरास्ववियु भूगोल कास्की अध्यक्ष शेखर गौतमले जानकारी दिए । कास्कीका तीन क्षेत्रका ६ प्रदेशसभा अन्तर्गत प्रति कमिटि २०२ जना रहने गरी कमिटि निर्माण गरिएको हो ।

कास्कीको क्षेत्र नंं १ अन्तर्गत प्रदेश सभा क मा कृष्ण दाहाल र सुशन घिमिरेलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिईएको छ । प्रदेश सभा ख मा सन्तोष नेपाली संयोजक र अमृत ढकाल सहसंयोजक छन् ।

यस्तै, क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क का लागि ज्ञानु भुजेल संयोजक र विशाल तामाङ सहसंयोजक छन् । प्रदेश सभा ख मा राम्जी आचार्यको संयोजकत्व र अनिल खड्काको सहसंयोजकत्वमा कमिटि गठन गरिएको छ ।

क्षेत्र नंं ३ प्रदेश सभा क मा शेखर गौतम संयोजक र आवास पौडेल सहसंयोजक छन् । प्रदेश सभा ख मा बिबेक देबकोटाले संयोजकको जिम्मेवारी लिएका छन् भने सागर पौडेल उपसंयोजक छन् । क्षेत्र अन्तर्गतका सम्बन्धित दुई कमिटिले प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई सहयोग गर्नेछन् ।

यस्तै, क्षितिज सापकोटाको नेतृत्वमा अनेरास्ववियु केन्द्रिय सदस्यहरु भरतमान गुरुङ, आशिर्वाद सुवेदी, ज्ञानु भुजेल, क्रान्तिकारीको तर्फबाट प्रबिणा अधिकारी ,सन्तोष नेपाली, जिल्ला अध्यक्षहरु शेखर गौतम, विवेक देबकोटा, सागर पौडेल गरी नौ सदस्यीय स्टेरिङ कमिटी बनेको छ।

कार्यक्रममा प्रमुख अतिथि एमाले नेता अधिकारीले जुनसुकै हालतमा पनि बामपन्थी गठबन्धनले जित्ने र संशोधनवादीले हार्ने दाबी गरे । प्रदेशमा बाम गठबन्धनको बहुमतको सरकार निर्माण बन्ने भन्दै उनले बामपन्थीहरुलाई अहिलेलाई सुर्य र हसियाँ हथौडा भोट हाल्न आग्रह गरे ।

माओवादी अध्यक्ष केन्द्रका बखान सिंह तमुले अब एउटै बामपन्थी केन्द्र बन्ने भएकाले कुनै शंका नगरी एक भएर अघि बढ्न आग्रह गरे । अनेरास्ववियु केन्द्रि उपाध्यक्ष रश्मि आचार्यले अब एमाले माओवादीले नै वर्षौं मुलुक चलाउने र समृद्धिको दिशातिर मुलुक अघि बढ्ने बताए ।

अनेरास्ववियु जिल्ला अध्यक्ष शेखर गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्रान्तिकारी केन्द्रिय सदस्य कृष्ण दाहालले गरेको थिए । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को विहीबार पहिलो संयुक्त बैठक बसेको थियो ।
तस्विर पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀