नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशन काठमाण्डौंमा

नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशन काठमाण्डौंमा

६२ प्रतिशत भन्दा बढी प्रतिनिधि सहभागि

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाण्डौंमा शुरु भएको छ । विशेष महाधिवेशनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बिशेष सम्बोधन गरेका छन् । महाधिवेशनलाई सम्बोधन गर्दै गगन थापाले लोकतन्त्र र पार्टीको जीवनलाई जीवन्त राख्न महाधिवेशन आयोजना गरिएको बताए ।

सम्बोधनका क्रममा महामन्त्री थापाले सहभागि प्रतिनिधिले गर्ने निर्णयनै अधिवेशनको अन्तिम निर्णय हुने बताएका छन् । आफु पार्टी सभापति र प्रधानमन्त्री बन्नका लागि अधिवेशन आयोजना गरिएको नभएर, पार्टीलाई बिधि बिधान अनुसार चलाउनका लागि गरिएको बताए । उनका अनुसार हाल सम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।

यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई फुटाउन नभई पार्टीलाई जीवन्त राख्नका लागि अधिवेशन आयोजना गरिएको र सोही मर्म अनुसारनै अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले संकेतका रुपमा सहभागि सबैलाई मोवाइलमा लाइट बालेर कांग्रेसको जीवनको पुन शुरुवात भएको संकेत गर्न लगाएका थिए ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता उद्घाटन शत्रका दिन बिहान सवा ८ बजेबाट सुरू भएको हो । अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी दिइएको छ । पार्टीले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार अहिलेसम्म २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।

सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ। संस्थापनको बेवास्तापछि विधानको उक्त दफालाई टेकेर कांग्रेसलाई पुनर्जागरण गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन सुरू भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
12 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Jan 2026 19:20 UTC
Latest change: 11 Jan 2026 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.27
Indian Rupee 
Indian Rupee
90.12
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
157.84up
US Dollar 
US Dollar
1
12 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Jan 2026 19:20 UTC
Latest change: 11 Jan 2026 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀