विशेष महाधिवेशनपछि कांग्रेस, सुर्य र तारामा होईन रुखमा भोट माग्न चुनावमा जान्छ : महामन्त्री थापा

विशेष महाधिवेशनपछि कांग्रेस, सुर्य र तारामा होईन रुखमा भोट माग्न चुनावमा जान्छ : महामन्त्री थापा

थापाले प्रतिनिधिहरुलाई काठमाण्डौं आउन भनेका छन्

Gagan Thapa a

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई जीवन्त राख्न विशेष महाधिवेशन गर्न लागिएको प्रष्ट पारेका छन् । जसरी देश संबिधानले चल्छ त्यसैगरी पार्टी बिधानले चल्छ, बुधवार विश्वभरका कांग्रेस नेता, समर्थक तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै, महामन्त्री थापाले भने बिधि, बिधान अनुसारनै विशेष महाधिवेशन गर्न लागिएकाले प्रतिनिधिहरुलाई काठमाण्डौं आउन भनेका छन् ।

बुधवार नेपाली कांग्रेस निकट संस्था विश्व संजालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले बिशेष महाधिवेशन गर्न नचाहने पक्षले क्रियाशिल सदस्यताको बारे अनावश्यक बिषय उठाएको र देश र जनताले चाहे अनुसार पार्टीलाई नहिँडाएको प्रष्ट पारे । विश्वभरबाट सहभागि भएका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा कांग्रेस नेताहरुलाई महामन्त्री थापाले भने, हामीले आव्हान गरे अनुरुपनै विशेष महाधिवेशन सम्पन्न गरेर नेपाली कांग्रेस रुख चिन्हमा भोट माग्न चार तारे झण्डा बोकेर चुनावमा जान्छ ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य मधु आचार्यले तोकिएकै मितिमा विशेष महाधिवेशन गर्न तर्फ आफुहरु लागि रहेको र सोही अनुसार विशेष महाधिवेशन सम्पन्न हुने जानकारी दिए । विश्व संजालले आयोजना गरेको कार्यक्रममा कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेशका सासंद डिल्लीराम सुेवदीले पार्टीलाई नयाँ जीवन दिनका लागि विशेष महाधिवेशन हुन लागेकाले सबैलाई सहभागि हुने आग्रह गरे । सुवेदीले भने तपाईहरु सबै आनुहोस, यो पार्टीको इतिहासकै लागि गौरवको क्षण हुनेछ । कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर केदारनरसिंह केसीले उत्साहका साथ विशेष महाविधेशन हुँदै गरेको र विश्वभरबाट सहभागि हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

विश्व संजालका प्रवक्ता मुक्तिनाथ पन्तले संचालन गरेको कार्यक्रममा संजालका संरक्षक तथा महासमिति सदस्य विश्वआर्दश पण्डित, विश्व संजालका उपसभापति तथा महासमिति सदस्य नवराज सिवाकोटी, नेपाली कांग्रेसका नेता तथा महाधिवेशन, महासमिति सदस्यहरु चिन्तामणी सापकोटा, सिता सापकोटा, पूर्ण तिमिल्सिना, बिजय मोक्तान, सृजन दाहाल, लक्ष्मण दाहाल, भूपिगोविन्द श्रेष्ठ, विरेन्द्रसिंह कार्की, रामशरण हुमागाईँ, मुनेन्द्र नेम्वाङ, बुद्धि सुवेदी, बिमल सुवेदी, खेमराज बस्नेत, मदम रावल गुरुङ, राजन त्रिपाठी, रामजीवि पन्त, प्रितेश कार्की, कृष्णजीवी पन्त, सुभाष पोखरेल, नारायण खनाल, प्रमोद सिटौला, रामप्रसाद उप्रेती, अनुजा प्रधान, नविन पौडेल, बिकास उप्रेती, अमिर जोशी, सुर्य रानामगर, भिम परियार, डा. कुल कँडेल, चन्द्रकान्त धिताल, जितेन्द्रसिंह महतो, बिजय चौधरी, तिर्थराज खनाल लगायतले विशेष महाधिवेशन हुनुपर्ने बारेमा बोलेका थिए ।

कार्यक्रममा बोल्दै विश्व संजालका अध्यक्ष बिष्णु सुवेदीले पार्टी बिधान अनुसार चल्नु पर्छ, त्यसमा कुनै पनि बहाना चल्दैन । नेपाली कांग्रेस नयाँ नेतृत्व लिएर मात्रै चुनावमा जानुपर्ने पर्छ, अन्यथा हामीलाई इतिहासले गाली गर्नेछ । सुवेदीले विशेष महाधिवेशन सम्पन गर्नका लागि विश्वभरका कांग्रेसहरुलाई एक हुन आग्रह समेत गरेका छन् । कार्यक्रममा विश्व संजालका केन्द्रिय सदस्य राममित्रले स्वागत गरेका थिए ।

पार्टी संस्थापन पक्षले बिशेष तथा नियमित महाधिवेशन गर्न आनाकानी गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन । उनिहरुले विज्ञप्ति समेत जारी गर्दै विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गरेका हुन्। विशेष महाधिवेशन, बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो, विशेष महाधिवेशन आह्वान गरिएको हो महामन्त्रीहरुले बिज्ञप्तीमा भनेका छन् । विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह पनि गरेका छन्।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापन पक्षको विरोधबीच विशेष महाधिवेशन आह्वान भएको हो ।

पार्टी विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी रहेको भन्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

अमेरिका युनेस्कोबाट बाहिरिँदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
08 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Jan 2026 00:40 UTC
Latest change: 07 Jan 2026 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.82
Indian Rupee 
Indian Rupee
89.84
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
156.5
US Dollar 
US Dollar
1
08 Jan · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Jan 2026 00:40 UTC
Latest change: 07 Jan 2026 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀