कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आह्वान गरे विशेष महाधिवेशन

कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आह्वान गरे विशेष महाधिवेशन

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गरेका हुन्।

विशेष महाधिवेशन, बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो, विशेष महाधिवेशन आह्वान गरिएको हो महामन्त्रीहरुले बिज्ञप्तीमा भनेका छन् । विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह पनि गरेका छन्।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापन पक्षको विरोधबीच विशेष महाधिवेशन आह्वान भएको हो ।

नियमित महाधिवेशन कार्यतालिका आइसकेकोले विशेष महाधिवेशनको औचित्य नरहेको पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतले निर्णय भएको थियो । तर विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी रहेको भन्दै महामन्त्रीद्वयले आज विशेष महाधिवेशन आह्वान गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
07 Jan · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Jan 2026 00:20 UTC
Latest change: 06 Jan 2026 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.27
Indian Rupee 
Indian Rupee
90.12
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
156.48
US Dollar 
US Dollar
1
07 Jan · FX SourceRastra 