काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताएका छन्।
बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी फाउण्डेसनद्वारा आयोजित ‘देश विकास र देशवासीको उन्नतीको आधार-बीपी विचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको बताएका हुन्।
उनले कांग्रेसले एमालेसँग गठबन्धन गरेकै भरमा ‘जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन भन्दै आवश्यक छलफल र समितिमा छलफल नभई भूमि विधेयक पास नहुने दाबी गरे।
महामन्त्री शर्माले समितिबाट पास भइसकेको निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेकोमा असन्तुष्टि जनाए। उनले यसैका कारणसरकार नै तलमाथि हुनसक्ने चेतावनी दिए। निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्षको राख्दै राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक संसदमा आइपुग्दा छेडखानी गरेर हटाइएको भन्दै चर्को विरोध हुँदै आएको छ।











भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं