काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको कुरा दोहोर्याएकी छिन् । आइतबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले सदस्यता नवीकरण पुरानै कुरा भएको बताएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झन्डै दुई घण्टा कुराकानी भएको थियो । भण्डारीले ओलीसँग आइतबार राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भएको दाबी गरिन् । उनले भनिन्, ‘उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो । अहिलेको समस्या र परिस्थितिबारे कुराकानी भयो । अरु विषय आधिकारिक च्यानलबाट थाहा हुन्छ ।’
त्यस्तै पछिल्लो समय एमाले नेताहरूले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा भएको दाबी गरिरहँदा भण्डारीले भनिन्, ‘त्यो त पुरानै कुरा भयो । पार्टी सदस्यता नवीकरण त पहिले नै भइसकेको छ ।’
शनिबार सचिवालय बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा भएको दाबी गरेका थिए । सदस्यता नवीकरण भन्ने विषयमा पार्टी विधानको धारा ८ र ९ आकर्षित भएको उल्लेख गर्दै यसबारे थप छलफल हुने बताए । ‘पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण पेन्डिङमा रहेको छ,’ उनले भनेका थिए, ‘यसबारे थप छलफल गर्ने निर्णय भएको छ ।’
भण्डारीले २०८० मा सदस्यता नवीकरण गरेको बताए पनि पार्टीभित्र विवाद उत्पन्न भएको छ । राष्ट्रपति निर्वाचित भएपछि सदस्यता त्यागेको अवस्थामा सदस्यता नवीकरण गर्न नमिल्ने तर्क संस्थापन पक्षको छ । उनीहरूले नयाँ सदस्य प्राप्तिका लागि संगठन विभागले निर्णय गर्नुपर्ने बताएका छन् । भण्डारी पक्षले भने पुरानै सदस्यता नवीकरण गरिएको बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो ।
यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल भएको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् ।
एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।
भर्खरै
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं