दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका छन्। उनीहरूलाई गत मे १६ तारिखमा नेपाल फर्काइएको हो। स्रोतका अनुसार कोरियन एयरलायन्सको विमानबाट उनीहरूलाई काठमाडौं ल्याइ पुर्याएको हो।
त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा, तिवारी पुन, अधिकारी, पुन र घर्ती क्षेत्री थरका छन् । स्रोतका अनुसार उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो।
वैशाखको अन्तिम साता पनि एकैपटक ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेक थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई दक्षिण कोरिया सरकारले नेपाल फर्काएको थियो।।
नेपाल फर्काइनेमा थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थरका थिए। दक्षिण कोरिया नेपाली युवाहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य हो । कम लागत र आकर्षक तलब पाउने भएपछि इपीएस भाषा परीक्षाका लागि प्रत्येक वर्ष लाखौं नेपालीले आवेदन दिँदै आएका छन्। तर, त्यसबाट छानिएर केही हजारमात्र दक्षिण कोरिया पुग्ने गरेका छन्।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं