पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

धर्म संस्कार

पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

साइकल र्‍याली, ट्याक्सी र्‍याली, मोटरसाइकल र्‍याली, डुंगा र्‍याली, बृहत् पैदल यात्रा हुने

devi-prativa-1024×682

पोखरा महानगरपालिका–१७ स्थित आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तीव्र पारिएको छ ।

मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।

महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल कलश यात्रा गरिनेछ । कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त कलश यात्रामा ११ हजार कलश रहनेछन् ।

उक्त कलश यात्रामा देशभरबाट सहभागिता जनाउन सकिने छ। कलश यात्रामा प्रयाग गरिएका कलश महायज्ञ सकिएपछि प्रति कलश १ हजार तीन सय र दुई वटा कलश २ हजार पाँच सयमा घरमा लैजान सकिने व्यवस्था मिलाईएको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मूल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।

कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुनभएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।

त्यसैगरी महायज्ञको प्रचार प्रसारका लागि बैशाख ११ गते साइकल र्‍याली राखिएको छ । साईकल र्‍याली विरौटा कार्यक्रम स्थलबाट शुरुभई विरौटा चोक, ड्याम साइड, लेकसाइड, हल्लन चोक, जिरो किमि, मालेपाटन, विन्ध्यवासिनी, भैरव टोल, नाला मुख, तेस्रापट्टी, महेन्द्र पुल, न्यूरोडक, पृथ्वीचोक, नागढुंगा, पुरानो एयरपोर्ट, मुस्ताङ चोक, पार्दी हुदै पुन विरौटामा गएर समापन हुने छ ।

यस्तै, बैशाख १२ गते ट्याक्सी र्‍याली गरिने भएको छ । उक्त र्‍याली, विरौटा चोक हुदै ड्याम साइड, राष्ट्रबैक चोक, लेकसाइड, हल्लन चोक, जिरो किमी, मालेपाटन, हरिचोक बगर पिएन क्याम्पस, नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवि, कुडहर, मियापाटन, १३२ किमि चोक, अमरसिंह चोक, विरेन्द्र चोक, राम बजार, बुद्धचोक, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा चोक हुदै कार्यक्रम स्थलमा गएर समापन हुने छ ।

यसैगरी, बैशाख १३ गते हुने मोटरसाईकल र्‍याली पनि ट्याक्सी र्‍यालीको रुट अनुसार नै हुने आयोजकले जनाएको छ ।

वैशाख १४ गते फेवातालमा डुंगा र्‍याली हुने छ । उक्त ¥याली स्वीमि· पुल घाटबाट शुरु भइ बाराही मन्दिर परिक्रमा गरेर बाराही घाटमा आएर समापन हुने छ । बैशाख १५ गते विहान पोखरामा बृहत पैदल यात्रा हुने भएको छ । महायज्ञमा एकसय वटा हवनकुण्ड रहनेछन्।

पोखराको कोटिहोममा करिब ५० जिल्लाबाट स्वयम्सेवकहरु सहभागी भएको फाउन्डेसनले जनाएको छ ।

कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो ।

महायज्ञमा अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

उक्त कथा वाचनमा मंगलबार प्रमुख अतिथिको रहेका पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् ।

महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष लाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने बताए । पछिल्लो समय भक्तजन, दानविरदाताहरुको पनि उपस्थित बाक्लिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
09 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 09 May 2025 00:35 UTC
Latest change: 08 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.14
Indian Rupee 
Indian Rupee
85.67
US Dollar 
US Dollar
1
Euro 
Euro
0.89
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
144.82
US Dollar 
US Dollar
1
09 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 09 May 2025 00:35 UTC
Latest change: 08 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀