जनसम्पर्क समिति बिभाग प्रमुख किरण पौडेलले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निलम्बन छिटै फुकुवा हुने बताएका छन् । बिभाग प्रमुख पौडेलले जनसम्पर्क समितिलाई बन्देज लगाउन, निस्कृय बनाउन या रोक्न नखोजिएको भन्दै त्यो निलम्बन फुकुवा हुने स्पष्ट पारेका छन् ।
न्यूजपाली डटकमका सम्पादक अनिल अधिकारीसँग अमेरिकी समय अनुसार सोमबार साँझ कुरा गर्दै पौडेलले भने, हामी जनसम्पर्क समितिलाई विश्वस्तरिय बनाउँदैछौं, भने निस्तेज पार्ने त कुरै आउँदैन्, उनले भने, हामी जनसम्पर्क समितिलाई महादेशहरुमा समिति र विश्व स्तरको समिति बनाउने योजनामा छौं, यसैले जनसम्पर्क समितिलाई निरुत्साहित गर्न खोजिएको होईन् । उनका अनुसार पार्टीको बिधान शंसोधनका लागि निलम्बन गरिएको बताए ।
यता आइतवार सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले भने बिदेशस्थित जनसम्पर्क समितिबाट छनौंट भएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरु निलम्बन भएको निर्णय गरेको छ । बिभाग प्रमुख पौडेलले भने, बढी भन्दा बढी साथी भाईहरु समेटनका लागि कांग्रेसले सोच बनाएको छ, यसको टुंगो छिट्टै लाग्छ । उनले बिदेशस्थित जनसम्पर्क समितिहरुबाट छनौंट हुने महाधिवेशन प्रतिनिध र महासमिति सदस्यहरु नेपाली नागरिकनै हुनुपर्ने तर जनसम्पर्क समितिको सदस्य मात्रै भएर कांग्रेसको संगठनभित्र आवद्ध हुन पाउने गरी पार्टीले काम गरिरहेको संकेत गरेका छन् ।
उनले नेपालमा कम्यूनिष्ट पार्टीमा आस्था राख्नेहरु समेत बिदेशमा पुगेर त्यहाँको पद्धती अनुसार लोकतान्त्रिक हुने गरेको पाइएकाले सबैलाई समेटने गरी एक पटकको नेपाली सँधैको नेपाली भईरहनका लागि समेत जनसम्पर्क समितिले खुल्ला भएर काम गर्ने उनको भनाई छ । अहिले बिदेशमा जनसम्पर्क समितिलाई निस्कृय बनाउन खोजिएको त होइन भन्ने प्रश्नमा उनले भने, जनसम्पर्क समिति पार्टीको बिदेशस्थित शाखा हो, नेपालमा जिल्ला क्षेत्र भने जस्तै शाखा हो यसर्थ यसमा स्पष्ट हुन उनले सबैलाई आग्रह गरेका छन् ।
बषौं सम्म अधिवेशन नगर्ने विदेशस्थित जनसम्पर्क समितिहरुको अधिवेशन कहिले गर्नु हुन्छ भन्ने प्रश्नमा पौडेले ६ महिना भित्र अधिवेशन सुरु गर्ने र सबै जनसम्पर्क समितिहरुको अधिवेशन पुरा गर्ने बताए । बिभाग प्रमुख पौडेले धेरै जनसम्पर्क समितिहरुको समयावधि आगामी डिसेम्बर महिनामा सकिने जनाउँदै, उनले तिन बर्षे कार्यकाल पुरा गरेका र अधिवेशन नगरेका विदेशस्थित सबै समितिहरुको काम सक्ने बचनवद्धता व्यक्त गरेका छन् ।
अधिवेशन समयमा भएन भनेर प्रश्न गर्ने र महाधिवेशन या महासमिति सदस्य जाने बेलामा मिलिभगत गर्ने शैलीप्रति कटाक्ष गर्दै बिभाग प्रमुख पौडेलले भने बाहिर देखाउँदा अधिवेशनको बहाना गर्ने तर भित्र भित्रै मिल्ने शैलीको अन्त्य अधिवेशनबाट हुने बताए । अधिवेशन सम्पन्न गर्दा समयावधि सकिएका जनसम्पर्क समितिहरुको अधिवेशन तयारी समिति कसरी बनाउनु हुन्छ भन्ने प्रश्नमा पौडेलले आवश्यकता अनुसार गर्ने बताए ।
बिभाग प्रमुख पौडेलले कांग्रेसलाई चुस्त दुरुस्त बनाउनका लागि पार्टीले काम गरिरहेको तर्फ इंगित गर्दै आफु संयोजक रहेको बिभागले समेत केही साताभित्रै पूर्णता पाउने जानकारी दिएका छन् । उनले भने, समिति बिस्तार गर्ने चरणमा छु ।
जुम मार्फत गरिएको सम्वादको लिंक तल राखिएको छ ।
https://www.facebook.com/share/v/qdgswqvZxTtS1FjU/
भर्खरै
अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र
अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि
अमेरिका युनेस्कोबाट बाहिरिँदै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं