चन्द्रमाको एक क्रेटरलाई अब सगरमाथा आरोहण सफल गर्ने प्रथम महिला पासाङ ल्हामु शेर्पाको नामबाट चिनिने भएको छ । अन्तर्राष्ट्रिय खगोलिय संघको ग्रह प्रणाली नामाकरण समुहले चन्द्रमाको एक क्रेटरलाई ल्हामु नाम स्किृत गरेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले गरेको घोषणा अनुसार, सगरमाथा आरोहरण गर्ने प्रथम महिलाको सम्मानार्थ चन्द्रमाको दक्षिण धु्रवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ल्हामु क्रेटर नामाकरण गरेको छ । अन्तराष्ट्रिय खगोलिय संघले पासाङ ल्हामुको सम्मान र उनको अतुलनिय उपब्धि भनेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ती मार्फत पासाङ ल्हामुको सम्मानले नेपाली महिलाहरुका लागि उच्च सफलताको बाटो खोलिदिएको र विश्वभर रहेका अनगिन्ती महिलाहरुलाई सम्मान पुगेको भनेको छ ।
पासाङ ल्हामुको सम्मानमा चन्द्रमाको एक महत्वपूर्ण पर्वतको नाम राखिने भएपछि अन्तराष्ट्रिय संचारमाध्यमहरुले यो समाचारलाई महत्वका साथ छापेका छन् । यो समाचारसँगै आम नेपालीहरुले खुसी व्यक्त गरेका छन् । मेरिल्याण्ड राज्य सभाका सांसद डाक्टर ह्यारी भण्डारीले पासाङ ल्हामु शेर्पाको सम्मानले विश्वभर रहेका नेपालीहरुको शिर उचो भएको बताए, सांसद डाक्टर भण्डारीले भने, यो उच्च सफलताले विश्वभरका महिला दिदी बहिनी र आम नेपालीको सफलतासँग जोड्दछ ।
गैरआवासीय नेपाली संघ अमेरिकाका प्रवक्ता प्रोफेसर डाक्टर राजन पन्तले पासाङ ल्हामु शेर्पाको सम्मानमा अन्तराष्ट्रिय खगोलिय संघले गरेको सम्मानले आज विश्भर छरिएर रहेका नेपालीहरुको शिर उचो भएको प्रतिकृया दिए ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं