सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । समितिको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले राससलाई जानकारी दिएका छन । “समितिका सदस्यहरुबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ । सोही आधारमा अनुसन्धान अघि बढ्नेछ”, उनले भने ।
समिति सदस्य शिशिर खनालका अनुसार पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गरिनेछ । त्यसका लागि आगामी मङ्गलबारका लागि बैठक बोलाइएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, सहकारी विकास बोर्ड पदाधिकारी लगायतलाई छलफलका लागि डाकिएको छ । कूल २९ वटा सहकारीको लिखित प्रतिवेदनसहित छलफल हुने जनाइएको छ ।
कार्यविधि पारित भएसँगै मङ्गलबारदेखि नियमित काम सुरु हुने जनाइएको छ । गत जेठ १५ गते गठन भएको समितिमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सूर्य थापा सभापति छन । नेपाली कांग्रेसबाट सह–महामन्त्री बद्रीप्रसाद पाण्डे र केन्द्रीय सदस्य एवं सांसद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं