सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका १ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो । याक तथा चौँरी व्यवसायी सङ्घले आयोजना गरेको महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ ।
चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौँरी व्यवसायी सङ्घको वेबसाइट सञ्चालन, याक तथा चौँरी प्रदर्शनी, याक डान्ससहित विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने याक तथा चौँरी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ठुतोपदोर्जी शेर्पाले जानकारी दिएका छन ।
उनले भने, “चौँरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुर्ख्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौँरीपालन घट्दो क्रममा छ । यसलाई बचाउन महत्सवले केही टेवा पुग्ने विश्वास छ ।”
पिके क्षेत्रको पर्यटन प्रवर्द्धन र गाउँमै आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने उद्देश्यले चौँरी महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । पिके क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा यज्र्याङ अर्थात कुलपूजा गर्छन् । उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्छन् । त्यसकारण पिके क्षेत्र पर्यटकीय मात्र नभएर धार्मिक रूपमा पनि महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं