नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताएका छन । मिश्रित निर्वाचन प्रणलीका कारण ६/६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताएका हुन ।
नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेस र एमाले दुई ठूला राजनीतिक शक्तिकाबीच एकता कायम गरी निर्वाचन प्रणालीका बारेमा ठोस् कदम चाल्नुपर्ने बेला आएको बताए । नेपालको संविधान २०७२ मा रहेका केही त्रुटी संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठूला राजनीतिक शक्ति कांग्रेस र एमाले एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । नेता कोइरालाले नयाँ संविधान जारी गर्ने बेला गरिएको निर्वाचन प्रणालीको परिकल्पना ठिक भए पनि यसको गलत प्रयोगले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै राजनीतिक स्थिरताका लागि कांगे्रस र एमाले एकै स्थानमा उभिने समय आइसकेको बताए ।
पटक–पटक सरकार परिवर्तन हुने परिपाटीले विकासलाई पछि पारेको भन्दै नेता कोइरालाले सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुने, कर्मचारी फेरबदल हुने र त्यसको प्रत्यक्ष असर विकासमा हुने भएकाले अस्थिरतालाई न्यूनीकरण गर्नका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उनले तर्क गरे । अब कांग्रेसको बाटो यही हो ।
यसका लागि दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ उनले भने, “राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक मन्दिको डरलाग्दो अवस्था आएको, आर्थिक मन्दिका कारण धेरै व्यवसायमा सटर डाउन भइसकेका र एकै व्यक्ति तथा समूहले आर्थिक जालो फिँजाएको पनि उनले बताए । निर्वाचन प्रणनी पुनःविचारका लागि यो विषयमा पार्टी र सदनमा कुरा उठिसकेको भन्दै नेता कोइरालाले अब कांग्रेसले यही एजेन्डामा आफूलाई केन्द्रित राख्ने बताए । यो समस्याबाट जनतालाई कांग्रेस न्याय दिन लागिपरेको छ, लाग्छ र गर्छ, विश्वस्त हुनुहोस् उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विवादित सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पीडितमैत्री विधेयक बन्नुपर्ने बताए । विधेयकमा भइरहेको राजनीतिकरणका विषयलाई लिएर नेता कोइरालाले टिआरसी विधेयक राजनीतिक लेनदेनको विषय बन्न नहुने पनि बताए ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं