दुनाटपरी उद्योगबाट राम्रो आम्दानी

देशमै उद्यमशिल बनौं

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी

उद्योगले स्वरोजगार प्रदान गर्नुका साथै परम्परागत दुनाटपरीको संरक्षण

duna tapari

हिजो आज घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न खुबै व्यस्त छन । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएका हुन । घरको काम सकेर बचेको समय यही व्यवसायमा उनिहरुको दैनिकी बित्ने गरेको छ ।

यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन । “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गरे”, उनले भने, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।” बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताए ।

“पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ”, उनले भने, “अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ ।” उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै र्आएका छन ।

दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक १०/१२ हजार आम्दानी गरिरहेका छन । चाडपर्वको समयमा मागअनुसारको बजार पुराउन समस्या हुने भनाइ छ । मेहनत र दुःख अनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनिहरुले सुनाए । उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ ।

यसैगरी, टपरी पाँचका दरले बिक्री हुने गर्दछ । दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ । उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउँछन । घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ ।

मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन । उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनको भनाइ छ । कतिपय घरमै पनि लिने आउने गर्दछन् । जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ ।

प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पुराउँदै आएको छ । विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ ।

उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले बताए । समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनि बताउँछन ।

सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ । खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा उनि खुशी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀