सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिएका छन ।
उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनिहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रममा होइन घरमै स्याहार सुसार गर्नुपर्छ भन्ने सन्देश दिन असल बुहारीहरुलाई सम्मान गरिएको बताए ।
सासु ससुराको स्याहार सुसार गर्दा आफूलाई आशीर्वाद प्राप्त भएको असल बुहारी सन्धिखर्क–१ का सुन्ताला श्रेष्ठले बताइन । नब्बे वर्षभन्दा बढी उमेरका ससुरा बुबाको स्याहारसुसार गर्न पाउनुमा आफू भाग्यमानी भएको र अभिभावकको आशीर्वादले परिवारमा राम्रो भएको उनले बताइन ।
वृद्धवृद्धालाई दिसापिसाब गराउने, स्याहारसुसार गर्ने, खाजा तथा खानाको उचित प्रवन्ध गर्ने, समय तालिका अनुसार औषधि खुवाउने बुहारीलाई वडा कार्यालयले गरेको सफिारिसका आधारमा करुवा, खादा र आतेजाते भाडासहित सम्मान गरिएको नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालको भनाइ छ ।
‘सबै नगरबासीको रहर, सुन्दर र समृद्ध नगर’ भन्ने नाराका साथ सम्पन्न उपप्रमुख असल बुहारी सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य लिला भुसाल, कृष्णा भुसाल, शारदा परियार, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, वडा सदस्य सुन्तला श्रेष्ठलगायतको उपस्थिति थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं