गठबन्धनको कारणले काँग्रेसको पाँच प्रतिशत गुमायौं, अब नगरौं: गगन थापा

१५ औँ महाधिवेशन २०८२ मंसिरभित्र गर्नुपर्छ

गठबन्धनको कारणले काँग्रेसको पाँच प्रतिशत गुमायौं, अब नगरौं: गगन थापा

'दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौँ'

Gagan Thapa a

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । कांग्रेसको तर्फबाट महासमिति बैठकमा पेस गर्न तयार पारिएको सांगठनिक प्रतिवेदनमा गठबन्धनको कारणले लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको उनले उल्लेख गरेका छन् ।

महामन्त्री थापाले भनेका छन्, ‘दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौं । हामीले २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएका छौं ।’

निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी त बन्यो, तर पार्टी एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह भने नआउने उनले उल्लेख गरेका छन् ।

उनले प्रस्तावमा भनेका छन्, ‘तीनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रुख’ चिन्ह नै नहुँदा कांग्रेसजनले आजपर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको हामीले देखेका छौं । संघ र प्रदेशको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन्‌ भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन्‌ । ४८ वटा प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका २ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्रै हाम्रा उम्मेदवार थिए । अर्थात ४८ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन्‌ । समग्रमा ६२ प्रदेशसभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रो निर्वाचन चिन्ह ‘रुख’मा मत राख्न पाएनन्‌ । त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेशसभामा त कांग्रेसले रुखमा मत राख्न पाए । तर, प्रतिनिधिसभामा पाएनन्‌ ।’

महामन्त्री थापाले एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिह्न मा मत हाल्न पाएनन्‌, अर्कोतर्फ अन्य दलको निर्वाचन चिह्न र झण्डा बोकेर मत माग्न हिँड्ने अवस्थामा पुर्‍याएको उल्लेख गरेका छन् ।

१५ औँ महाधिवेशन २०८२ मंसिरभित्र गर्नुपर्छ

थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय समिति बैठकमा पार्टीको सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्तभित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्तभित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न प्रस्ताव गरेका छन् ।

२०८२ को असोजमसान्तभित्र जिल्ला अधिवेशन, जनसम्पर्क समितिको अधिवेशन, कात्तिक मसान्तभित्र प्रदेश अधिवेशन गर्न थापाको प्रस्ताव छ ।

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ६९ हजार ५५१ जना

थापाले पार्टीमा ८ लाख ६९ हजार ५५१ जना क्रियाशील सदस्य रहेको बताएका छन् ।

महासमिति बैठकको लागि तयार पारिएको सांगठनिक प्रतिवेदनमा क्रियाशील सदस्यमध्ये १ लाख १४ हजार ५२५ जना पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको उल्लेख गरेका छन् ।

उनले प्रस्तावमा भनेका छन्, ‘साथीहरू टोलदेखि केन्द्रसम्म पार्टीको कुनै न कुनै जिम्मेवारीमा रहेर काम गरिरहनु भएको छ । साथै कुनै सांगठनिक जिम्मेवारीमा नरहेको भए पनि कांग्रेसप्रति प्रतिबद्ध र निष्ठावान् कांग्रेस सदस्यको अर्को ठूलो पङ्क्ति छ, जसले असम्भव झैं लाग्ने प्रतिकूलतामा पनि पार्टीको तल्लो तहमा बसेर आफ्नो आस्था र विचारलाई कहिल्यै डगमगाउन दिएन । तिनले बरू विस्थापित हुन र जीवनकै जोखिम मोल्न तयार भए, जेल-नेल भोगे, कतिको ज्यान गयो कतिको सम्पत्ति गुम्यो । गुमेका थुप्रै अवसरका बारेमा किञ्चित पश्चाताप नगरी र हिंसार निरंकुशताको त्यो चेपुवामा समेत पार्टी छाड्न र विचार बदल्न तयार नभएको अदम्य साहस र अविचलित निष्ठाले पूर्ण त्यो विशाल पार्टी पङ्तिसँग आज पनि केवल पार्टीको राम्रो होस्‌ र देशलाई राम्रो गरोस्‌ भन्ने एक सूत्रीय आग्रहमात्र छ ।’

उनले कांग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने ठूलो संख्या पार्टीमा आबद्ध भएको उल्लेख गरेका छन् ।

आमनिर्वाचनको प्रतिस्पर्धामा कहिल्यै नजितेका र निकट भविष्यमा समेत जित्ने सम्भावना नरहेका ठाउँमा पनि आदर्शको झिल्को जोगाएर संगठनलाई जीवन्त राख्ने कांग्रेसजनको उच्च समर्पण भाव अतुलनीय रहेको महामन्त्री थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
10 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
10 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀