नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन । नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले पार्टी भनेकै घर भएको उल्लेख गरेका हुन ।
महामन्त्री थापाले भने, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।” पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताए । अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उनले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन ।
महामन्त्री थापाले भने, “गलत गर्ने नागरिकले सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन । चाहे कुनै दलको सभापति होस् वा उच्च ओहोदामा आसिन व्यक्ति नै किन नहोस् ।” कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डा. गोविन्द पोख्रेल र टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आग्रह पूर्वाग्रह त्यागेर सबै एक भएर लाग्नुपर्ने बताएका छन । अहिले कांग्रेसलाई रक्त सञ्चारको आवश्यकता रहेको उल्लेख गर्दै उहाँहरुले पार्टी एक ढिक्का बनाएर लैजान आग्रह गरेका छन ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नीवर्तमान सभापति जीतनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि उत्तम आचार्य, नगरसभापति प्रह्लाद सापकोटा, क्षेत्रीय सभापति किरणभूषण ओलीलगायतले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनुपर्नेमा जोड दिए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं