आइतबार, २८ माघ २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन । भरतपुरमा पार्टी कार्यकर्ताले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै, सभापति लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताए ।
लामिछानेले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन् ।” उनले आफूलाई विश्वास गरेर मत दिएकामा धन्यवाद समेत दिएका छन । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने ठोकुवा गरे ।
“हामी आफैँ सक्षम छौँ, हामी गर्न सक्छौँ”, उनले भने, “निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगराई चुनाव लडेका हौँ । आज पनि पैसा तिरेर वनभोजमा सहभागी भएको छु ।”
भर्खरै
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं