राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले जानकारी दिइन । उनले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको बताएकी छन।
सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ जनाइएको छ । मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ । पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ ।
दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको सांसद गौतमले जानकारी दिइन् ।
भर्खरै
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं