आइतबार, २२ पौष २०८०
राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सिट भागबण्डाको कुरा नमिलेपछि नेता डा. शेखर कोइराला पक्षले आफूपक्षीय नेताहरूको छुट्टै बैठक बोलाएको छ।
निर्वाचनका लागि गठबन्धनमा कांग्रेसले पाएको १० सिट मध्ये संस्थापनइतर पक्षले चार सिटमा दाबी गरेको छ। तर, सभापति देउवा यसका लागि तयार नभएपछि इतर पक्षले छुट्टै भेला बोलाएको हो।
पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नुअघि संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा लगायतका नेताहरूसँग छलफल थालेका हुन्।
कांग्रेस स्रोतका अनुसार राष्ट्रियसभा उम्मेदवारको बारेमा छलफल गर्न नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए।
आन्तरिक छलफल लगत्तै बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुङ्ग्याउने कांग्रेसको तयारी छ।
भर्खरै
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं