काठमाडौँको बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ सालमा एक महिलाको हत्या गरी फरार दुई जनालाई नेपाल प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले २०७४ पुस ३० गते बल्खुस्थित बोक्सीदह डाँडामा नारायणी तिमल्सिनाको हत्या गरी फरार दुईजनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सीतगङ्गा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४६ वर्षीय शिवराम अधिकारी रहेका छन् । पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत सुरक्षा केसीले हत्या गरेपछि विदेश फरार रहेका विश्वकर्मालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिएका छन ।
अधिकारी भने चोरी मुद्दामा विसं २०७९ कात्तिक २९ गते पक्राउ परी तीन वर्ष कैद सजाय पाएर हाल केन्द्रीय कारागार सुन्धारामा रहेको प्रहरीले जनाएको छ । “अधिकारीले मृतक तिमल्सिनालाई भूपु आर्मीसँग विवाह गराइदिने प्रलोभन देखाएर १५/२० हजारसहित गरगहना लगाई आउनु भन्दै फोन गरी बोलाएको र बल्खु खोलामा लगेर हत्या गरेको खुल्न आएको छ”, केसीले भने । विश्वकर्मासँग अधिकारीको मृतक तिमल्सिनाको हत्या गर्ने दिन मात्रै चिनजान भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । रासस
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं