‘अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मतदान गर्न पर्दैन’ : महामन्त्री थापा

‘अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मतदान गर्न पर्दैन’ : महामन्त्री थापा

gagan thapa

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने दावी गरेका छन । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरेका हुन ।

नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै संविधानवाट हटाउनुपर्नेमा जोड दिए । उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताए ।

उनले गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै थापाले भने, “बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।” थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको गुनासो गरे । कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनले बताए ।

कांग्रेसका सांसदले मत दिएर दाहाललाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष दाहाल नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके कांग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिए ।

प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाको भनाई छ । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्यो भनेर भन्न नसकिने उनको भनाइ छ । अब एमालेलाई नेतृत्वमा पु¥याउन नहुने महामन्त्री थापाले बताए । केपी ओली नेतृत्वमा पुगे पुन संसद् विघटन गर्ने उनले बताए । महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका नौ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने जानकारी दिए ।

जनतालाई सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्दै निर्मूल पार्ने जिम्मा आएको उनको भनाई छ । “भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मूल गर्ने र जनतालाई सुशासन दिने नै हो”, उनले भने, “ वर्तमानमा कांग्रेस नागरिकको उत्तर दिने ठाउँमा पुगेको अवस्था छ ।” महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले सुन तस्करीलाई रोक्ने अवस्थामा ल्याउनुपर्ने बताए । समिति बनाई त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा उनको जोड थियो । महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने बताए ।

कांग्रेसलाई बलियो पार्टी बनाउनका लागि केन्द्रीय नेतृत्वदेखि वडा तहसम्म पुनर्जागरण ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले अन्य दलहरुले चलाएको जस्तो मिसन २०८४ जस्तो आगामी चुनावका चिन्ता नलिईकन सङ्गठन निर्माणमा जुट्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसलाई मजबुत बनाउनका लागि सक्रिय हुन कार्यकर्तालाई आग्रह गरेका छन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
10 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
10 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀