‘समुदायमा कांग्रेस’अभियान सञ्चालन हुँदै

‘समुदायमा कांग्रेस’अभियान सञ्चालन हुँदै

nepali congress

नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले आगमी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन नेपालको संविधानबमोजिम कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय भएको छ । निर्वाचन प्रयोजनका लागि संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव कृष्णप्रसाद पौडेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन । कांग्रेसको नियमावलीको नियम ५(२) (क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने निर्णय गरेको छ । बैठकले जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माणमा पार्टीका तर्फबाट विभिन्न चरणमा परिचालन भएको पार्टीका सबै तहका नेताकार्यकर्ताको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्पप्रभावित परिवारलाई वितरण गर्न मन्त्रिपरिषद्को ध्यानाकर्षण गराएको छ । बैठकले पार्टीको महासमिति बैठकको मिति परिमार्जन गरी आगामी फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १२ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
10 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
10 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀