गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री दाहाल

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री दाहाल

PM Prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्थाविरोधी शक्ति अत्तालिएको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले काठमाडौँको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले सरकार बनेदेखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए ।

“एकथरीले सरकार गठन भएदेखि नै नेपाल श्रीलङ्का बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे”, उनले भने, “तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन् ।”

व्यवस्था विरोधीले सङ्घीयता, धर्मनिरपेक्षता, जाति, वर्ग, क्षेत्र र लिङ्गका अधिकारविरुद्ध नै प्रहार गर्न पुगेका उनको भनाइ छ । सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका पक्षमा कानुन निर्माण गरेर सामन्तीको पीडाबाट हजारौँ जनतालाई मुक्ति दिन सफल बनेको बताए ।

“मिटरब्याज पीडितका पक्षमा आयोग र ऐन नै बनाएर पीडकमाथि कारबाही गरियो, पीडितका लागि यो मुक्ति अभियान जस्तै भयो”, प्रधानमन्त्री दाहालले भने, “बुबाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका लाखौँ नेपालीले नागरिकता पाउन सके ।” सुशासनका पक्षमा सरकारले महत्वपूर्ण कदम उठाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ठूलाठूला भ्रष्टाचारका काण्डको छानबिन अघि बढाइएको बताए । “भू–माफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाइएको, अन्तरर्राष्ट्रिय क्षेत्रमा सफल कूटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरिएको छ, यी कामबाट व्यवस्थाविरोधी शक्ति छटपटिएका छन्”, उनले भने ।

प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै नेपाली समाजमा देखिएका समस्या लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने दाबी गरे । “कतिपय शक्ति व्यवस्थाविरुद्ध भ्रम छर्न, बदनाम गर्न लागिपरेका छन् । कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजा ल्याउने कुरा गरिरहेका छन्”, उनले भने, “तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरङ्कुशतन्त्र कदापि हुन सक्दैन ।” प्रधानमन्त्री दाहालले सुकुम्वासी तथा भूमिहीनको समस्या समाधान गर्न निर्णायक पहलकदमी लिइएको जानकारी दिँदै उनले वन तथा भूमिसम्बन्धी ऐन संशोधन गरेर लाखौँ सुकुम्वासीलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀