नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको दावी गरेका छन । अभियानका क्रममा मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरेका हुन ।
अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउँदै भने, “मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो सङ्कल्प यात्रा हो । यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौँ ।” अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका आवश्यकताका बारेमा जानकारी लिने काम गरिरहेको बताए ।
“देशभरिका जनतासँग प्रत्यक्ष भेटेर अब विकास कसरी गर्ने, कहाँको समस्या के छ ? भनेर तीन हप्ताको लगातारको यात्रा प्रारम्भ गरेका छौँ । एमालेप्रति जनताको आशा, विश्वास र भरोसा छ । त्यो भरोसा हामी टुट्न दिने छैनौँ, कायम राख्ने छौँ”, अध्यक्ष ओलीले भने । उनले एमाले सरकारमा पुगेर जनतालाई सुखी र खुसी बनाउन सम्भव छ भनेर प्रमाणित गरेको समेत बताए । अध्यक्ष ओलीले आगामी दिनमा पार्टीले समाज परिर्वतनको नेतृत्व गर्ने उल्लेख गरेका छन ।
अभियानका क्रममा हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जनताका समस्या लिइएको बताउँदै काठमाडौँमा पुगेर गम्भीर छलफल गरी कसरी अघि बढ्ने भनेर नयाँ नीति तय गरिने अध्यक्ष ओलीको भनाइ थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं