नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने स्पष्ट पारेका छन् । कसैको रहरमा राजतन्त्र नफर्किने सभापति देउवाको भनाई छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने दावी गरेका छन् ।
सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, “पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।”
सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताए। जिल्ला सम्मेलनमा कांगे्रसका अन्य विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।
भर्खरै
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
दक्षिण कोरियाले गर्यो १० नेपालीलाई निष्कासन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं