वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

foreign job sketch

स्केच साभार : सामाजिक संजाल

सुरक्षित आप्रवासन परियोजना सामी को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।  आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिएका छन ।
त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एका दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले जानकारी दिएका छन।   सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ पाँच लाख क्षतिपूर्तिबापतका रुपमा उपलब्ध गराइएको छ । वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको परियोजनाले जनाएको छ ।
मृतकका परिवारलाई दुई करोड ९१ लाख चौरासी हजार दुई सय ६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ  । “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्”, उनले भने “वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन् ।”
दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी एक लाखदेखि सात लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताए । “उक्त आवमा ५५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन्”, उनले भने, “दुई जनाको मेडिकल फेल भएकाले ५० हजारका दरले एक लाख प्राप्त गरेका छन् ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
16 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Nov 2025 00:50 UTC
Latest change: 15 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142
Indian Rupee 
Indian Rupee
88.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
154.68
US Dollar 
US Dollar
1
16 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Nov 2025 00:50 UTC
Latest change: 15 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀