साताको शेयर बजार : आठ अङ्कको सुधार

साताको शेयर बजार : आठ अङ्कको सुधार

Nepal Stock Exchange

तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ ।

यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अङ्कको सुधार देखिएको थियो । सोमबार नेप्से परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको थियो ।

सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको थियो । त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार नौ दशमलव ८७ प्रतिशतले बढेर एक हजार आठ सय ६० दशमलव २० अङ्कमा कायम भएको छ ।

यो सातामा चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका शेयर सङ्या एक करोड ५६ लाख २८ हजार चार सय ६२ कित्ता बराबर रहेको छ । यो साताको पहिलो दिनको कारोबारपछि २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड तीन लाख ६० हजार कायम भएको छ । एक सातामा बजार पुँजीकरण १० अर्ब ३६ करोड १३ लाख ५० हजारले बढेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 05 Dec 2025 18:35 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98up
Indian Rupee 
Indian Rupee
89.94up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15up
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 05 Dec 2025 18:35 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀