ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।
एक समय ४७.३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाए । टोलिलाई दुई रन चाहिदा हेस आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ तन जोडे । ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भएका थिए ।
त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । भारतका लागी विकेटकिपर लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन् ।
भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खासै प्रदर्शन सम्झन लायक रहेन । अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । अष्ट्रेलियालाई जिताउन उनको कप्तानी पनि महत्त्वपूर्ण रह्यो ।
एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए । यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधि जित्ने सपना पुन अधुरै रह्यो ।
भर्खरै
दक्षिण कोरियाले गर्यो १० नेपालीलाई निष्कासन
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं