सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार राति पौने ८ बजे खसेका थिए ।
उनको २ घण्टाको प्रयासपछि उद्धार भएको पोखरा १५ का वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।
वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा ७ सदस्यीय टोली र सशस्त्र प्रहरी फलेपाटनबाट डीएसपी सजनलाल श्रेष्ठको कमाण्ड र गण्डकी प्रदेश गणबाट गरी उद्धार टोली २ घण्टा खटिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।
इन्स्पेक्टर श्रेष्ठले करिब ४० मिटर तल खसेका बिकलाई डोरीको सहायताले बाँधेर माथि ल्याइएको जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँसहितको जनप्रतिनिधि टोली पनि घटनास्थल पुगेको थियो ।
उद्धार गरी एम्बुलेन्समार्फत् बिकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । उनी खतरामुक्त रहेको वडा सदस्य भण्डारीले जानकारी दिए ।
सुदीप पर्वतबाट पोखरा घुम्न आएको बुझिएको छ । उनी पोखरा १५ कै ऋषिमार्गमा दाइको घरमा बसेका छन् । घटनाबारे जानकारका अनुसार सुदीप आज बेलुकी लेकसाइड गएका थिए । उनी घर आउन ढिला भएपछि दाइले ढिलो हिँड्नुहुन्न भनेर हप्काएका थिए । त्यसपछि रिसाएर सुदीपले घर छाडे । पछिपछि दाइ गएका थिए । शुक्लेश्वर महादेव मन्दिर प्रांगण पुगेपछि एक्कासी सुदीप सेती खोँचबाट खसेका हुन् ।
यसअघि, विमान दुर्घटना भएको ठाउँ नजिकै धाजा फाँटेको ठाउँबाट पोखरा नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली खस्न पुगी मृत्यु भएको थियो । गत वैशाख २ गते दिउँसो दुई साथीसहित सीताराम हाउजिङको चौरमा खेलिरहेकोमा स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् ।
२ घण्टापछि अचेत अवस्थामा उद्धार गरिएकी उनको मृत्यु भएको थियो । सेती खोँचमा खसेर वर्षेनीजसो घटना भइरहेका छन् ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं