‘विश्व शान्ति र दिगो विकास लक्ष्य प्राप्तिमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’

‘विश्व शान्ति र दिगो विकास लक्ष्य प्राप्तिमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’

un gsc in nepal

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएको बताएका छन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा रहेका दाहालले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्त भएको प्रधानमन्त्रीले उल्लेख गरे । “संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले शान्ति ‘मिसन’मार्फत अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनार्थ गरेको योगदानप्रति हामीलाई गर्व छ । हाम्रो व्यावसायिक एवम् मर्यादित सेना तथा प्रहरीले कठिन परिस्थितिमा पनि निःस्वार्थ भावका साथ सेवा प्रभाव गरेका छन्”, प्रधानमन्त्रीले भनेका छन् ।

नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घको सहयोग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रमा पु¥याएको सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न सहज भएको बताए ।

प्रधानमन्त्रीले इटाली र न्यूयोर्कमा महासचिव गुटेरेससँग भएका पछिल्ला भेटवार्ताको सम्झना गर्दै नेपालको शान्ति प्रक्रियाका निम्ति संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगको सराहना गरेका छन् । समारोहमा सभामुख देवराज घिमिरे, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तिहरुको उपस्थिति थियो । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, पूर्वपरराष्ट्रमन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगी व्यवसायी, वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀