इजरायलको हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव आइतबार नेपाल ल्याउने तयारी गरिएको छ । तेल अविवस्थित नेपाली दूतावासका अनुसार कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाउन लागिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको शव कानुनी प्रक्रिया पूरा नेपाल ल्याउन लागिएको हो। विमान शनिबार दिउँसो १.२५ मा उडान भर्ने र दुबई हुँदै आइतबार विहान काठमाडौं आइपुग्ने परराष्ट्र जानकारी दिएको छ।
हमास आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रम मार्फत् इजरायल गएका दस जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी छन्।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं