नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कुनै पनि अवस्थामा गठबन्धन नहुने बताएका छन् । अब को निर्वाचनमा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक नरहने उनले ठोकुवा गरे ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले गौशालामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले गत निर्वाचनमा गठबन्धन गरेर पहिलो पार्टी बने पनि सबैतिर कांग्रेसको रुवाबासी मात्रै रहेको उल्लेख गरे ।
उनले सरकारको काम कारबाहीप्रति पनि असन्तुष्टि जनाए । अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने २५ जना मन्त्री नै कांग्रेसकै बन्नुपर्ने र अर्कोको नेतृत्वमा सरकार बनेको बेला उसैको पार्टीलाई सम्पूर्ण रूपमा सरकार चलाउन दिनुपर्ने थापाको भनाइ थियो ।
कोशी प्रकरणलाई सङ्केत गर्दै थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाए । संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने अवस्था रहेकोमा २५ मत मात्र पाएको र त्यस समयमा खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं