कांग्रेस महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई थाहै नदिई नेपाल भ्रमण गर्नु ठाडो हस्तक्षेप भएको बताएका छन् । महामन्त्री थापाले सबै राजनीतिक दल एक भई यस्ताखाले अतिक्रमणलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, महामन्त्री थापाले एक्कासी पत्रिका पढेर थाहा पाएकोमा आश्चर्य व्यक्त गर्दै भने, भारतीय प्रधानमन्त्रीको भ्रमण हुनु नेपाल माथिको नाङ्गो र ठाडो हस्तक्षेप हो । उनले भने, हो हामी नेपालले सबै देशसँग समान ढंगले अन्तर्राष्ट्रिय सम्बन्ध राख्न चाहन्छौं तर यस्ता हर्कत हामीलाई मान्य हुँदैन् ।
महामन्त्री थापाले गठबन्धनको नाममा देश ४/५ जनाले चलाई रहेको आरोप लगाए । उनले पत्रकारलाई सुझाउँदै भने, अब बैठक बस्यो भने गठबन्धन दलका नेताहरुको बैठक बस्यो भन्नु होला । उनले देश अहिले नेताको प्राइभेट क्लब जस्तो भएको आरोप समेत लगाए । महामन्त्री थापले केही दिनअघि प्रधानमन्त्री पुष्पकमदल दाहालसँगको भेटमा सरकारका विषयमा कुरा राखेको जानकारी गराएका छन् ।

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादा र शिष्टाचारको पालना नगरी नेपालमा भारतीय प्रधानमन्त्रीको भ्रमण नेपाल माथिको ठाडो हस्तक्षेप भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालपानी भ्रमणको विरोधका लागि आयोजित विरोध सभामा बोल्दै नेता केसीले भारतीय हस्तक्षेपविरुद्व एकजुट हुन राष्ट्रवादी शक्तिहरूलाई आह्वान गरेका छन् ।
केसीले भने, नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर आँच पुर्याएको छ, त्यसैले राष्ट्रवादी शक्तिहरू एकजुट भएर त्यसको सामना गर्नु जरुरी छ ।’ राष्ट्रिय जनमोर्चाले मोदीको भ्रमणप्रति कडा विरोध गरेको बताउँदै केसीले भारतले नेपालका विभिन्न स्थानको भूमिमा अतिक्रमण गरेको समेत स्मरण गरे ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं