सरकारले इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई दस लाख राहत उपलब्ध गराउने भएको छ । सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपाली बिद्यार्थीहरुको परिवारलाई दस लाख बराबर रकम दिने निर्णय भएको छ ।
सरकारका प्रवक्ता रेखा शर्माका अनुसार राहत रकम अर्थ मन्त्रालयले गृह मन्त्रालय मार्फत् निकासा गर्ने निर्णय भएको हो। नेपाली विद्यार्थीहरूको दुःखद निधनप्रति सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नेपालका सम्पूर्ण सरकारी कार्यालय र कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। उनले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि समन्वय भइरहेको बताइन्।
हामासको आक्रमणमा परी दस जन नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। एक जना नेपाली भने सम्पर्क विहीन छन्।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं