पोखरा महानगरपालिकामा मुसलधारे वर्षाका बिच मध्यरातमा सडक पिच गरिरहेको भिडियो भाइरल भइरहेको छ ।
शनिवार राती पोखरा वडा नम्बर ९ स्थित नयाँ बजारमा अस्फाल्ट पिच गरिएको हो । पोखरामा मुसलधारे वर्षाका कारण सडकमा खोला बगेको बेला पिच गरिरहेपछि चर्को बिरोध भएको हो ।
पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए । ‘यो सडक क्षेत्र सडक विभाग अन्तर्गतको हो । तर, महानगरकै क्षेत्र भएकाले हाम्रो चासो स्वभाविक हुनुपर्छ । वडा अध्यक्ष पनि विदेश जानुभएकाले मैले नै यो बारे थाहा भएपछि सडक विभागसँग कुरा गरेँ । काम बन्द भैसक्यो भने । पानीमा पिच गर्न मिल्दैन ।’ – तिमिल्सिनाले भने ।
संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले यो काम अघि बढाएको हो । सडक विभागका प्राविधिकले नाम नखुलाउने शर्तमा भने –’सानो सानो सिमसिम पानी हुँदा यो पीचलाई फरक पर्थेन । तर, आजको चाहिँ ठूलै हो । काम बिग्रेको भए फेरि उप्काएर पिच गरिहाल्छौँ ।’
डेढ किलोमिटर सडक पिच गर्नका लागि पाँच करोडमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पनी विवेक एण्ड कुवेर निर्माण सेवा हो । जसले १० दिनमा सक्छु भन्दै काम सुरु गरेको हो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं