राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदाय भन्दा माथि उठेर देशको झन्डा बोक्नुपर्ने धारणा व्यक्त गरेका छन् । पछिल्लो समय देशमा धर्म र सम्प्रदायबीच दंगा निम्त्याउने दुष्प्रयास भइरहेको तर्फ संकेत गर्दै सांसद झाले जनप्रतिनिधि, राज्य संयन्त्र र राजनीतिक दलहरू सबै सचेत हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद झाले धार्मिक दंगामा भोटको राजनीति नगर्न समेत आग्रह गरेका छन् । सामाजिक संजालमा मित्थ्या सन्देश राखेर जातीय र धार्मिक दंगा फैलाउन खोजिएको सांसद झाको भनाइ छ ।
सांसद झाले त्यस्तो भ्रामक सन्देशको पछाडि जनप्रतिनिधि पनि लाग्ने गरेको भन्दै सचेत गराए । धार्मिक द्वन्द्वमा भोटको राजनीति गर्न नहुने पनि उनले आग्रह गरेका छन् । रास्वपाका नेता समेत रहेका झाले भने, केही वर्ष यो देशमा हामीले दलको झन्डा बोक्यौँ, त्यसपछि हामीलाई सम्प्रदायको झन्डा बोक्न सिकायो, अहिले धर्मको झन्डा बोक्न सिकाउँदैछ तर कुनैपनि पुस्तालाई हामीले देशको झन्डा बोक्न सिकाएनौँ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं