काठमाडौं । एसियाली खेलकुद अन्तर्गत आज भएको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ । नेपालले दिएको २१३ रनको लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनको स्कोरमा अलआउट भएको हो ।
नेपालले अन्तिम आठको यात्रा तय गरेको छ । यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो । नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ६ विकेट लिए । उनको यो बलिङ टि–२० अन्तर्राष्ट्रियको सर्वोत्कृष्ट बलिङको सूचिमा सातौं स्थानमा परेको छ । उनले ३ ओभर ४ बल बलिङ गर्दा केवल ११ रन दिएर ६ विकेट लिएका हुन् । यस क्रममा उनको इकोनोमी ३ थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्लले ४७, गुलशन झाले ३५, कुशल भुर्तेलले ३५, विनोद भण्डारीले १३ रन बनाए ।
माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए । नासिर नाइल इस्माइल, मोहम्मद मियुवान, थोलाल मोहम्मद रायाले १–१ विकेट लिए ।
ब्याटिङतर्फ माल्दिभ्सका लागि मुआवियाथ गनीले सर्वाधिक ३६ रन बनाए । राशिद रसमले १२ र फरीद सियुसले १० रन बनाए । अरु कसैले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल र गुलशन झाले १–१ विकेट लिए ।
भर्खरै
दक्षिण कोरियाले गर्यो १० नेपालीलाई निष्कासन
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं