अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो।
चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। प्रहरीका अनुसार चलचित्र ‘रावायण’का लागि अनमोलले अग्रिम १० लाख रुपैयाँ लिएका थिए ।
पूर्वनिर्धारित तालिका अनुसार चलचित्र गएको बुधबारबाट छायांकन हुनुपर्ने थियो । तर, अनमोल छायांकनका लागि तयार नभएपछि निर्माण पक्षले उनीसँग पैसा फिर्ता मागेको थियो । पैसा फिर्ता नदिएपछि निर्माण पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फिल्म खेल्न अस्वीकार गर्दा एक करोड भन्दा धेरै नोक्सान भएको उजुरी छ।
केसीलाई छलफलका लागि पटक–पटक बोलाइएपनि नआएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको प्रहरीले जनाएको छ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं