काठमाडौ । नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षा सम्बन्धी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको छ । सरोकार वालाहरुसँगको छलफलमा कांग्रेसले ६ बुँदे सहमति सहित शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको हो ।
छलफलमा विभिन्न २० वटा संघ संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए । पार्टीको तर्फबाट सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
प्रमुख सचेतक लेखकले भने, शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरु सुन्ने अवसर हामीले प्राप्त गरेका छौं, र भोलि १ बजे हामी विशेषज्ञहरुसँग बसेर छलफल गर्छौं । सरोकारवाला निकायहरुले भने राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी विधेयक संसदबाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका हुन । सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्ने गरी विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराइएको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले जानकारी दिएकी छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं