डाक्टरमाथि निरन्तर आक्रमणपछि गगन थापाले भने– ‘यो सामान्य घटना होइन प्रवृत्ति हो’

डाक्टरमाथि निरन्तर आक्रमणपछि गगन थापाले भने– ‘यो सामान्य घटना होइन प्रवृत्ति हो’

Gagan Thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीहरुमाथि आक्रमण प्रवृत्तिकै रुपमा देखा परेको बताएका छन् ।

कानुनको अभावमा यस्ता घटना भयो भनेर कानुन, निकायहरु बनाए पनि अवस्था उस्तै रहेको भन्दै उनले एउटा स्वास्थ्यकर्मी कहिले र कहाँ सुरक्षित छ, असुरक्षित भएर आत्मविश्वास गुमाएको स्वास्थकर्मीले राम्रो स्वास्थ्य सेवामा कसरी दिन्छ ? भनेर प्रश्न उठाएका छन् । साथै कानुन, संयन्त्र र प्रक्रियाप्रति विश्वास गर्न नसकेको नागरिकले कुटपिटमार्फत किन आक्रोश पोख्छन् भन्ने प्रश्न पनि उठाएका छन् ।

पछिल्लो घटनाबारे आफ्नो धारणा सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले कानुन, संयन्त्र र प्रक्रियामा खोट रहेको औंल्याएका छन् । नागरिकलाई भरोसा र स्वास्थ्यकर्मीहरुलाई आत्मविश्वास दिलाउनुपर्ने भन्दै उनले भनेका छन्, ‘जुन किसिमको आक्रोश स्वास्थ्यकर्मीमाथि पोख्ने प्रवृत्ति बढेको छ, यसलाई रोक्न ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आशंका वा अविश्वास लागेमा वा कतै कमजोरी वा लापरबाही भएको ठानेमा त्यस विरुद्ध उजुरी दिने र तत्काल संवोधन गर्ने विश्वासिलो संयन्त्र बनाऔं ।’

उपचारको क्रममा त्यस्तो कुनै घटना भइहाले पीडित पक्षले तत्काल उजुरी दिन सक्ने र र्‍यापिड एक्सन टिमले सम्बोधन गर्ने व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

साथै, उपचारको विषयसँग सम्बन्धित रहेर स्वास्थ्यकर्मीमाथि आक्रमण गरे आक्रमणकारीलाई तत्काल पुर्पक्षको लागि थुनामा राख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनको मत छ ।

थापाले भनेका छन्, ‘चिकित्सक वा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई समेत त्यसमा राखी अझै स्पष्ट र प्रभावकारी बनाउन कानुनी प्रबन्ध गर्नुपर्नेछ भने एकीकृत ढङ्गले कानुन संशोधन गरौं र कार्यान्वयनको संयन्त्र बलियो बनाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
08 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Aug 2025 19:30 UTC
Latest change: 07 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.33down
Indian Rupee 
Indian Rupee
87.66down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.41down
US Dollar 
US Dollar
1
08 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Aug 2025 19:30 UTC
Latest change: 07 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀