साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्नका लागि त्यहाँका ब्यापारीहरुसँग आग्रह गरेका छन् । नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री दाहालले जलविद्युत, कृषि, पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताउँदै उनले भने, चिनियाँ उद्योगका लागि लगानी गर्न नेपाल निकै आकर्षक गन्तव्य हो । अहिले आर्थिक मन्दी र भू-राजनीतिक उथलपुथलका कारण विश्वले संकट र चुनौतिको सामान गरिरहेको सन्दर्भ उल्लेख गर्दै, प्रधानमन्त्री दाहालले संकटलाई अवसर र सम्भावनामा बदल्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री दाहाल एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी बेइजिङ पुगेका थिए। यसै क्रममा प्रधानमन्त्री दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी गराएका छन् ।
२०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको उल्लेख गरेका हुन् । केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको बताउँदै प्रधानमन्त्री दाहालले भने, चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आउनु नेपाल-चीन पारवहन सम्झौताको कार्यान्वयन भएको हो भन्ने बुझ्दा हुन्छ ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं